(१) यस ऐन बमोजिमको कार्यविधि अपनाउनु पर्ने मुद्दामा सो बमोजिमको कार्यविधि नअपनाई अन्य प्रचलित नेपाल कानून बमोजिमको सामान्य कार्यविधि अपनाएको रहेछ भने पनि सो कारणले मात्र भैसकेको कारवाई बदर हुने छैन ।
(२) यस ऐन बमोजिम हेरिने मुद्दामा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिएदेखि बाहेकका कार्यविधि सम्बन्धी अन्य कुराहरू प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।
(३) देहायका नेपाल ऐन खारेज गरिएका छन्ः–
(क) तथ्याँक ऐन, २०१५ को दफा १० को उपदफा (२) मा रहेको “यो ऐन अन्तर्गतको कसूर सम्बन्धी कारवाई ठाडो जाँचबुझद्वारा गरिनेछ” भन्ने वाक्यांश ।
(ख) जग्गा प्राप्ति ऐन, २०१८ को दफा १२ मा रहेको “ठाडो” भन्ने शब्द र दफा २६ ।
(ग) वन ऐन, २०१८ को दफा ९, दफा १५ को उपदफा (२) र दफा ५६ को उपदफा (१) मा रहेको “ठाडो” भन्ने शब्दहरू र दफा १८ ।
(घ) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४९, ५०, ५१, ५३ र ५४ ।
(ङ) भिक्षा माग्ने (निषेध) ऐन, २०१८ को दफा ३ मा रहेको “फौज्दारी मुद्दा सरहको ठाडो” भन्ने वाक्यांश ।
(च) कम्पनी ऐन, २०२१ को दफा १४६ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा रहेको “ठाडो जाँचबुझ र अन्य आवश्यक कारवाई गरी” भन्ने वाक्यांश ।
(छ) राजमार्ग निर्माण ऐन, २०२१ को दफा ९ मा रहेको “र यस सम्बन्धमा” भन्ने शब्दहरू देखि “हुनेछ” भन्ने शब्दहरूसम्म ।
(ज) पर्यटन उद्योग ऐन, २०२१ को दफा ४० को उपदफा (२) मा रहेको “हुने र त्यस्तो मुद्दामा “भन्ने शब्दहरूदेखि “सबै अधिकार” भन्ने शब्दहरूसम्म ।
(झ) संस्थान ऐन, २०२१ को दफा १५ को उपदफा (२) मा रहेको “ठाडो” भन्ने शब्द ।
(ञ) राष्ट्रिय यातायात व्यवस्था ऐन, २०२६ को दफा ५ को उपदफा मा रहेको “ठाडो बुझी” भन्ने शब्दहरू ।